कलैया,१६ कात्तिक। फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव निर्धारित समयमा नै हुने जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले बताएका छन् ।
बाराको कलैयास्थित चियाघरमा शनिबार युवाहरूसंग छलफल गर्दै संयोजक यादवले यस्तो बताएका हुन् । उनले वडादेखी मन्त्रीसम्म युवाहरु नै नेतृत्व गर्नुपर्ने यादवको दावी छ । यस्तै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाको बारेमा राष्ट्रपति र प्रधानमन्त्रीसंग निरन्तर छलफल भईरहेको यादवले बताए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछी देशभरीका युवाहरु एक ठाउँमा युनाइट गर्न र विभिन्न जिल्लामा जेनजीलाई संगठित गर्न कार्य भईरहेको संयोजक यादवले जानकारी गराए।आन्दोलन भन्दा अगाडि कोहीपनि जेनजी अगुवाहरु थिएन,देशभरी जेनजी युवाहरु भष्ट्राचार विरुद्ध आन्दोलन गरेपछि युवाहरु जोडिएर आउनु भयो,उनले भने ।
जेनजी आन्दोलनको माग र सम्बोधन गराउन निरन्तर राष्ट्रपति र प्रधानमन्त्रीसंग संवाद भईरहेको संयोजक यादवले जानकारी गराएका छन । संयोजक यादवका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गर्ने,गोलि चलाउनेहरुलाई छानबिन गरि कानुनी कठगरामा ल्याई कारवाही गराउने, साथै सहिद परिवारहरुलाई जिवनभरी पीडा नहोस् भनेर आयोग बनाएर क्षतिपूर्ति,रोजगारको व्यवस्था गरि परिवारिक जीवन सहज बनाउने काम भईरहेको बताए ।
सो अवसरमा बोल्दै उनले जेनजी आन्दोलनलाई संस्थागत र दस्तावेजीकरण गर्ने प्रमुख रणनीति रहेको बताएका छन् । अब भ्रष्टाचार अन्त्य गर्न कदम चाल्ने र भ्रष्टाचारिहरुको फाइललाई छानबिन गरि जेल चलान गराउने उनले बताए । जेनजी आन्दोलन दस्तावेजीकरण भएपछि विभिन्न जिल्लामा जेनजी युवामा मुद्दामा नलाग्ने उनले बताए ।
यसैगरी जेनजी मधेस प्रदेश संयोजक यादवले बाराको आदर्शकोतवाल गाउँपालिकाकमा भएको तोडफोड तथा तालाबन्दी घटनाको विषयमा छानबिनका लागि गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीको आधारमा अपराधीक उपद्रव मुद्दामा पक्राउ परेका आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अभियानता ३० वर्षीय प्रदीप प्रसाद कुशवाहा र वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय दिवेश सिंहलाई जिल्ला प्रहरी कार्यालय बारामा भेटघाट गरेका थिए ।
सो छलफल कार्यक्रममा रवी राज साह, कलैयाका सौरभ चौगाई,बिक्की गुप्ता,रोशन जयसवाल लगायत युवाहरुको उपस्तिथि रहेको थियो ।
















