28.1 C
Kalaiya

Sunday, November 2, 2025
spot_img
28.1 C
Kalaiya
Sunday, November 2, 2025

जीतपुरमा एक महिनामै दोस्रो पटक बेवारीसे नवजात शिशु फेला

spot_img
spot_img

जीतपु ,१६ कात्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा फेरि एक महिनामै दोस्रो पटक बेवारीसे नवजात शिशु फेला परको छ ।

Advertisement

करिब महिना दिनअघि मगर टोलमा १० महिनाकी बालिका अलपत्र अवस्थामा फेला परेकी थिइन् । उनका अभिभावक अझैसम्म पत्ता लाग्न सकेका छैनन् । त्यो घटनाको एक महिना नपुग्दै, त्यही वडा–७ कै छठीमाई घाट नजिकै भर्खरै जन्मिएको एक नवजात शिशु फेला परेको हो ।

Advertisement

स्थानीयले घाट नजिकै रोइरहेको शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय जीतपुरको टोली घटनास्थल पुगेर बालकलाई उद्धार गरी आफ्नो जिम्मामा लिएको हो । बालकको स्वास्थ्य परीक्षण सिमरा अस्पतालमा गरिएको छ ।

Advertisement

अस्पताल स्रोतका अनुसार बालकको अवस्था सामान्य रहेको छ । फेला परेको शिशु १/२ दिन को जस्तो देखिँन्छ । लगातार छोटो अवधिमा दुई निर्दोष बालबालिकालाई छोडिएको घटनाले स्थानीयवासी स्तब्ध बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर