कलैया, १६ कात्तिक। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला ७ सय रुपैयाँले बढेर दुई लाख ३९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य प्रतितोला ३ हजार ५५ कायम भएको महासंघले जनाएको छ।
















