18.3 C
Kalaiya

Tuesday, December 9, 2025
spot_img
18.3 C
Kalaiya
Tuesday, December 9, 2025

लामो समयदेखि अलपत्र बकुलिया खानेपानी आयोजनाको मर्मत–सम्भार तथा नयाँ निर्माण कार्य सुरु

spot_img
spot_img

बारा,२३ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ मा लामो समयदेखि अलपत्र अवस्थामा थन्किएको बकुलिया खानेपानी आयोजनाको मर्मत–सम्भार तथा नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ भएको छ।

Advertisement

उपमहानगरपालिकाको चालु आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरू—पुरानो ट्यांकीको मर्मत, खानेपानी कार्यालय भवनको मर्मत तथा नयाँ पाइपलाइन विस्तार कार्यको शुभारम्भ भएको छ।

Advertisement

२५ वर्षदेखि जर्जर हुँदै प्रयोगविहीन बनेको बकुलिया खानेपानीको ट्यांकी मर्मत सम्भार सहितका निर्माण कार्य सुरु भएसँगै जीतपुरसिमरा–५ बकुलिया र वडा नं. ७ का स्थानीय बासिन्दाको सुरक्षित पिउने पानी पाउने सपना साकार हुने आशा बलियो भएको छ। यसले दीर्घकालदेखि निराशामा रहेका जनतामा नयाँ आशा पलाएको उपभोक्ताहरूले बताएका छन्।

Advertisement

निर्माण तथा मर्मतका लागि आवश्यक रकम उपमहानगरपालिकाले सहजै निकासा गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख राजन पौडेलले “बकुलिया खानेपानी निर्माणमा कुनै कसर बाँकी राखिँदैन” भनेर स्पष्ट बताएका छन्। उनले खानेपानी समितिमा पदका लागि हुने तछाडमछाडभन्दा सबैको आपसी सहकार्य र सहमतिले मात्र कार्य समयमै सम्पन्न हुने भन्दै सहयोग गर्न आग्रह गरे।

उक्त निर्माण कार्य थापा ब्रदर्स जे.भी., संकटान्युरोड काठमाडौंले रु. २ करोड ५७ लाख ४४ हजार ९२९ मा ठेक्का लिएको छ। कम्पनीले कुनै बाधा–अवरोध नआए असार १० गतेअघि नै निर्माण कार्य सम्पन्न गर्ने दाबी गरेको छ।कार्यक्रमका प्रमुख अतिथि तथा बारा क्षेत्र नं. ४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले खानेपानी स्थापना भएको समय सम्झिँदै आयोजनाको सफलताका लागि आफूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

यससँगै वर्षौँदेखि रोकिएको बकुलिया खानेपानी आयोजनामा पुनः जीवन फिरेको छ र स्थानीय बासिन्दामा विश्वसनीय खानेपानी सेवा प्राप्त हुने आशा थप प्रबल बनेको छ। मर्मत सम्भार तथा निर्माण कार्यको शुभारम्भ कार्यक्रममा उप प्रमुख भोला प्रसाद अधिकारी,प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँई ,जीतपुर गा.बि.स.का पुर्ब अध्यक्ष कृष्णबरत सिँह ,नेपाली कम्युनिष्ट पाटिका नेता क्षेत्र बहादुर श्रेष्ठ(अनिल) ,दिनेश राई ,वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता ,वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन समितीका उपाध्यक्ष अनिल गुप्ताले गरेका थिए।

बकुलिया खानेपानी कार्यालय परिसरमै शिलान्यास भएको निर्माण कार्यको औपचारिक कार्यक्रममा उपमहानगरपालिका परिवार, जनप्रतिनिधि, उपभोक्ता समिति, सरोकारवाला निकाय, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर