कलैया,२३ मंसिर । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ संतगञ्जमा रहेको छोटी भन्सार कार्यालय बिगत १२ बर्ष देखि बन्द रहेको छ । छोटी भन्सार कार्यालय बन्द हुदाँ स्थानीय उपभोक्ता, खुद्रा तथा स साना ब्यापारीहरु मारमा परेका छन ।
सुवर्ण गाउँपालिकाको औरैया, हर्दिया प्रशरामपुर, कवहीगोठ , चरमोहना, बगही, लंगडा टोल, सनफुलवा, चौरहिया झिटकैया, मझरिया , महागढीमाई नगरपालिकाको बरियारपुर, धर्मपुर, पिप्राढी, बेनौली , रौवाही लगायतका स्थानका उपभोग्ता तथा ब्यापारीहरुलाई सिमावर्ती भारतिय बजारमा दैनिक उपभोग्य मालसमान खरिद गर्न समस्या भएको संतगञ्ज बिनोद गिरीले बताएका छन ।
बीरगञ्ज भन्सार कार्यालयले कर्मचारी नपढाएका कारण बिक्रम संवत २०७० साल देखि नै छोटी भन्सार कार्यालय बन्द भएको उनले जानकारी दिए । छोटी भन्सार सञ्चालन हुदाँ स्थानीय ब्यापारीहरुलाई सिमावर्ती भारतिय बजार छौडादानो बाट माल समान खरिद गर्न सहज हुने गरेको थियो ।
स्थानीय सरकार आएपछि अहिले सम्म कसैले छोटी भन्सार कार्यालय सञ्चालन गर्नुपर्छ भनी चासो न लिएको उनले बताए । छोटी भन्सार कार्यालय सञ्चालन नभएका कारण सिमा नाका बाट हुने माल समानको तस्करी समेत बढेको उनको भनाई छ ।
भन्सार कार्यालय सञ्चालन भयो भने सिमा नाकाबाट हुने तस्करी समेत घटने र नेपाल सरकारको राजस्व संकलन समेत हुने गिरी बताउछन । यता सिमानाकामा सुरक्षाकर्मीले जति निगरानी बढाएपनि अबैध माल समानको तस्करी नियन्त्रण हुन सकेको छैन ।
















