26.4 C
Kalaiya

Monday, September 15, 2025
spot_img
26.4 C
Kalaiya
Monday, September 15, 2025

हङकङ टी-२०आई शृंखला : नेपालकाे लगातार दाेस्राे जीत

spot_img
spot_img

काठमाडौं, २८ चैत ।  नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ । चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउन सफल भएको हो ।

Advertisement

कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । जसका लागि कुशल भुर्तेलले ५० बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरेका थिए भने आसिफ शेखले ३८ बलमा ४ छक्का र दुई चौकसहित ५३ र दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाएर नेपालको जीतलाइ सहज बनाएका हुन् ।

Advertisement

पहिलो विकेटका लागि कुशल र आसिफले १२७ रनको साझेदारी गरेका थिए भने  कुवेतका लागि यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले समान एक एक विकेट लिन सफल भए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो । दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको  । पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर