Saturday, July 18, 2026

बाराकी एकजना युवतीलाई भारतको वेश्यालयमा लग्दै गरेका सिम्रौनगढका गुप्ता पक्राउ

कलैया, ३१ बैशाख। बाराकी एकजना युवतीलाई ललाई फकाई विभिन्न किसिमका लोभ दिएर भारतको दिल्लीको वेश्यालयमा लग्दै गरेका एकजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं १० देवापुर टेन्टा बस्ने २४ वर्षिय सुरज गुप्ता रहेका छन्। गुप्ताले आफ्नो सानी आमाले दिल्लीमा संचालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले भारत लगिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनलाई भारतीय शसस्त्र सिमा बल (एसएसबी) ले रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनियाबाट खटिएको एसएसबीको टोलीले हिजो मंगलबार राति पक्राउ गरेको हो।

सिम्रौनगढ कै अमृतगन्ज बस्ने पासवान थरकी एकजना २० वर्षीय विवाहित युवतीलाई भारत लैजान लागेका फरक-फरक बयान दिएपछि कडाईका साथ सोधपुछ गर्दा युवतीलाई दिल्ली स्थित उनको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले लागिरहेको स्वीकार गरेका थिए।

पक्राउ गरेपछि एसएसबीले रौतहट र रौतहट प्रहरीले बारा प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए। बारा अपडेटसंग कुराकानी गर्दै प्रवक्ता रायले भारतिय एसएसबीले पक्राउ गरेर सिमा संग जोडीएको रौतहटका प्रहरीलाई बुझाएका थिए भने रौतहट प्रहरीले उनीहरुको घर बारा जिल्ला भएकोले त्यहाँबाट इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारालाई बुझाएको बताए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर