Wednesday, September 2, 2026

क्याम्पस प्रमुख हत्या प्रकरण : सात जना पक्राउ, ६ राउण्ड गोली बरामद

Advertisement
Advertisement Advertisement

बारा । बाराको कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्यम्पसका प्रमुख हिरभुषण कुशवाहाको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आदर्शकोतवाल गाँउपालिका वडा नं २ बस्ने महन्थ महतोको छोरा ३२ वर्षिय अवधलाल प्रसाद कुशवाहा, सोही ठाउँका जितन महतोको छोरा २९ वर्षिय चानंदसी कुशवाहा, प्रेमलाल साहको छोरा २७ वर्षिय चुल्हाई भन्ने श्रवणकुमार साह, सियाराम राउत कुर्मीको छोरा ३४ वर्षिय राधेश कुमार पटेल र रामचन्द्र राउतको छोरा ५४ वर्षिय बिनोद राउत कुर्मी रहेका छन्।

यस्तै पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने मोहन रामको छोरा ५० वर्षिय आम्रपाली भन्ने ब्रह्मदेव राम, करैयामाई गाँउपालिका-७ पिपरा बस्ने महादेव साह थारुको छोरा ५० वर्षिय मोतिलाल चौधरी रहेका छन् ।

यस्तै प्रहरीले उक्त हत्यामा प्रयोग गरिएको बा ३२ प ७०५५ नम्बरको मोटरसाइकल, ना ५९ प ४७८९ नम्बरको मोटरसाइकल, ना ३३ प ५४६२ नम्बरको मोटरसाइकल, ६ राउण्ड गोली, विभिन्न मोबाइल, ल्यापटप, नेपाली तथा भारतिय सिम कार्डहरु बरामद गरेको छ।

क्याम्पस प्रमुख कुशवाहाको हत्या गत जेष्ठ ३२ गते आदर्शकोतवाल गाँउपालिका वडा नं २ खजुरियाबाट कलैया तर्फ आउदै गर्दा वडा नं ३ बतरामा अज्ञात समूहले गोली प्रहार गरेको थियो।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहा वीरगन्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

उक्त घटनामा पक्राउ परेका सातै जनालाई कर्तव्य ज्यान, हातहतियार खरखजाना मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको तथा फरार प्रतिवादीहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर