32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

बारामा चट्याङ लागेर आगलागी, २० लाख भन्दा बढिको क्षति

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया, २८ चैत । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ। बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्र प्रसाद कामिको बास पराल र टिनले बनेको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आगलागी बाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त ठाउँमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ।

आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी बाट घर र मिटर गरी अन्दाजी १० हजार बराबरको क्षती भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर