Friday, November 13, 2026

कलैयामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित तीन घाइते

Advertisement
Advertisement

बारा, २७ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–२० बसन्तपुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

बिहिबार दिउँसो बसन्तपुरस्थित सडकखण्डमा BR 05 AB 7759 नम्बरको मोटरसाइकलले ३६ प १५३९ नम्बरको अर्को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा BR 05 AB 7759 नम्बरको मोटरसाइकलमा सवार चालकसहित ३ जना घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा ३६ प १५३९ नम्बरको मोटरसाइकलमा सवार वर्ष ३० की शिवपुजनी देवी गम्भीर घाइते भएकी थिइन्।

उनलाई थप उपचारका लागि परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालमा लगिएकोमा उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न मोटरसाइकल र अन्य घाइतेहरूको अवस्थाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर