Friday, November 13, 2026

सुजित मेमोरियल टी-२० : कलैया वडा नं. ७ विजयी

Advertisement
Advertisement

बारा,२६ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको चौथो दिन बिहीबार भएको दोस्रो खेलमा कलैया उपमहानगरपालिका वडा नं. ११ लाई ६३ रनले पराजित गर्दै वडा नं. ७ विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ७ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । टोलीका लागि सन्तोष साहले उत्कृष्ट ब्याटिङ गर्दै ४१ बलमा ६५ रन बनाए भने रोहित महराले ४२ बलमा ६२ रनको योगदान दिए । त्यस्तै, आदित्य थापाले १९ बलमा १७ रन बनाए ।

१८० रनको लक्ष्य पछ्याएको वडा नं. ११ ले १५.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो । टोलीका लागि इब्राहिमले सर्वाधिक २८ रन बनाए भने मोहिदले २१, अब्बादले २० र साजिरले १७ रनको योगदान दिए ।

वडा नं. ७ का बलर आदित्य थापाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । त्यस्तै, सन्तोष साहले ३ तथा अभिषेक श्रीवास्तव र प्रियान्शु भारद्वाजले समान १–१ विकेट लिए ।

उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका वडा नं. ७ का खेलाडी सन्तोष साह म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पाँचौँ दिन शुक्रबार बिहान ८ बजेदेखि कलैया उपमहानगरपालिका वडा नं. १२ र वडा नं. ८ बीच खेल हुने आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर