Thursday, November 12, 2026

बारामा मोटरसाइकलको ठक्करको विवादले उग्र रूप लिँदा चक्कु प्रहार, दुई जना पक्राउ

Advertisement
Advertisement

बारा, २६ कात्तिक । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिर नजिकै मोटरसाइकलले बालिकालाई ठक्कर दिएको विषयमा विवाद हुँदा चक्कु प्रहार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको म.प्र.०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेकी स्थानीय २ वर्षीया बालिका अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो।

१५ वर्षीय बालकले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो। प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि बालिका डिस्चार्ज भई घर फर्किसकेकी छिन्।

यद्यपि, सोही दुर्घटनाको विषयलाई लिएर पक्षहरूबीच वादविवाद चर्किँदा स्थानीय ३५ वर्षीय भिम लहेरा र मोटरसाइकल चालकले मिलेर प्रह्लाद साह लहेराका १९ वर्षीय छोरा सुरज साह लहेराको पिठ्यूँमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीन बहादुर घलेले जानकारी दिएका छन्।

चक्कु प्रहारबाट घाइते भएका सुरजको हाल प्रादेशिक अस्पताल कलैयामा आफन्तको संलग्नतामा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराबाट घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर