Tuesday, November 10, 2026

सिम्रौनगढमा कानुनी सचेतना अभियान सुरु, चारवटा विद्यालयमा कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

बारा, २४ कात्तिक । कानुनी सचेतनाबाट सामाजिक रूपान्तरणतर्फ भन्ने मुख्य नाराका साथ बाराको सिम्रौनगढ नगरपालिकामा कानुनी सचेतना अभियान सञ्चालन गरिएको छ।

कानुन केवल अदालत र कानुनी पुस्तकमा मात्र सीमित नरही प्रत्येक नागरिकको जीवन, अधिकार र दायित्वसँग प्रत्यक्ष जोडिएको आधार रहेको मान्यतासहित यो अभियान अघि बढाइएको हो।

हेल्पिङ ह्याण्ड्स फर ह्युम्यानिटीको संस्थागत सहकार्यमा सञ्चालित यस अभियान अन्तर्गत हालसम्म सिम्रौनगढ नगरपालिकाभित्र पर्ने वडा नं. ६, ८, ९ र १० का चारवटा माध्यमिक विद्यालयहरूमा कानुनी सचेतना कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

अभियानको क्रममा विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै नेपालको संविधान, नागरिकका मौलिक हक, कर्तव्य, कानुनी अधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा व्यावहारिक रूपमा जानकारी गराइएको छ।

बालबालिका तथा युवाहरूलाई केवल कानुनका सैद्धान्तिक विषय मात्र बुझाउने नभई उनीहरूभित्र आफ्ना अधिकारको पहिचान गर्ने, कर्तव्यप्रति बढी जिम्मेवार बन्ने र अन्यायविरुद्ध दृढतापूर्वक आवाज उठाउन सक्ने सचेत नागरिक चेतनाको विकास गर्ने यस अभियानको मुख्य उद्देश्य रहेको छ।

विद्यालयस्तरबाट सुरु गरिएको यस किसिमको कानुनी साक्षरताले विद्यार्थीमार्फत परिवार र सिङ्गो समुदाय हुँदै समग्र समाजमा न्याय, समानता तथा उत्तरदायित्वको सुदृढ संस्कार निर्माण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर