Monday, November 9, 2026

पर्सामा पटाका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु

Advertisement
Advertisement

बारा, २३ कात्तिक । पर्सामा पटाका पड्काउने क्रममा शरीरमा आगो लागी जलेर एक पाँच वर्षीय बालकको मृत्यु भएको छ।

पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो।

सोमबार बिहान करिब ८:३० बजेको समयमा पटाका पड्काउने क्रममा अचानक बालकको छातीमा आगो लागेको थियो। घटनामा परी गम्भीर रूपमा जलेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा उनको मृत्यु भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी चक्रबहादुर मल्लले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर