Monday, November 9, 2026

एनपीएलमा आज दुई खेल हुँदै

Advertisement
Advertisement

बारा, २३ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सोमबार दुईवटा प्रतिस्पर्धी खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

प्रतियोगितामा अंकविहीन रहँदै पुछारमा रहेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने चार अंक जोडेको कर्णाली दोस्रो जितका साथ प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ।

त्यस्तै, अपराह्न ५:०० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। चार खेलबाट छ अंक जोडेको काठमान्डु र पाँच अंक जोडेको चितवन दुवै पछिल्लो खेलको जितको आत्मबलसहित मैदान उत्रनेछन्।

एनपीएलको तेस्रो संस्करणको लिग चरणका खेलहरू आगामी नोभेम्बर १५ सम्म चल्नेछन् भने नोभेम्बर २१ मा फाइनल खेल हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर