Sunday, November 8, 2026

कोल्हवीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, दुई घाइते

Advertisement
Advertisement

बारा, २२ कात्तिक। बाराको कोल्हवी नगरपालिका–२ न्योपाने टोलस्थित तामागढ़ी–कोल्हवी भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कात्तिक २१ गते बेलुकी करिब १९:३० बजेको समयमा तामागढ़ीबाट कोल्हवीतर्फ आउँदै गरेको म.प्र.०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

सोबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झुरझुर बाराबाट प्रहरी सहायक निरीक्षक राजेश दास बनिया र इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा परेको मोटरसाइकलको चालक हालसम्म खुलेको छैन।

दुर्घटनामा परी गम्भीर घाइते भएका कोल्हवी नगरपालिका–२ बस्ने २८ वर्षीय अमित मोक्तानलाई उपचारका लागि नारायणी अस्पताल, वीरगन्ज (पर्सा) पठाइएको थियो। राति २१:०० बजे अस्पताल पुयाइएलगत्तै चिकित्सकले जाँच तथा इसिजीगर्दा उनको मृत्यु भएको घोषणा गरेका थिए। मृतकसको शव नारायणी अस्पतालमै राखिएको छ।

त्यस्तै, दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामाको टाउकोमा चोट लागेको छ। उनीहरू दुवै जनाको एल.एस. न्युरो अस्पताल परवानीपुर, बारामा उपचार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर