Friday, November 13, 2026

एनपीएलमा आज दुई खेल हुँदै: काठमान्डुसँग सुदूरपश्चिम र चितवनसँग जनकपुर भिड्दै

Advertisement
Advertisement

बारा, २७ कात्तिक ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा महत्त्वपूर्ण खेलहरू हुँदैछन्।

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमान्डुले हालसम्म ५ खेल खेल्दै ४ मा जित र १ मा हार बेहोरेको छ भने ६ खेलमा ४ जित र २ हारको नतिजा निकालेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। अंक तालिकाको पाँचौं स्थानमा रहेको चितवनले ५ खेल खेल्दा २ मा जित, २ मा हार र वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको थियो।

यता, ६ खेल खेल्दा ४ मा पराजय र २ मा मात्र जित निकालेको जनकपुर अंक तालिकाको छैटौं स्थानमा रहँदै आजको खेलमा मैदान उत्रँदैछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर