Friday, November 13, 2026

आज सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला ११ हजार बढीले घट्यो

Advertisement
Advertisement

बारा, २७ कात्तिक । तिहार पर्वको लामो बिदापछि खुलेको पहिलो कारोबारको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँले घटेको हो। आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैया कायम भएको महासंघले जनाएको छ।

यसअघि तिहार पर्वअघिको अन्तिम कारोबार दिन कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय १० रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर