Friday, November 13, 2026

माइक्रोबस दुर्घटना: सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार सहयोग

Advertisement
Advertisement

बारा, २७ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकहरूको निधन भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार एक दिनका लागि शोक बिदा दिएको छ।

गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनामार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।

दुर्घटनामा परी ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

शोक बिदाका कारण आज गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरूको नियमित सेवा प्रवाह बन्द रहनेछ।

यद्यपि, स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवाहरू भने सुचारु रहने गाउँपालिकाले जनाएको छ।

मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डस्थित चिसापानीगढीमा भएको उक्त दुर्घटनामा परी चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरका एक गर्भवती महिलासहित १३ जनाको ज्यान गएको थियो।

छठ पर्व मनाउन काठमाडौँबाट घरतर्फ फर्किंदै गरेका एकै गाउँका बासिन्दाहरूको दुर्घटनामा परी मृत्यु भएपछि अहिले सिङ्गो सुन्दरपुर गाउँ शोकमा डुबेको छ भने पर्वको खुसियाली छाउनुपर्ने घरहरूमा बज्रपात परेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर