Friday, November 13, 2026

विश्व मधुमेह दिवसको अवसरमा बारामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १६२ जना लाभान्वित

Advertisement
Advertisement

बारा, २७ कात्तिक । विश्व मधुमेह दिवसको अवसर पारेर बाराको कलैया उपमहानगरपालिका वडा नं. १४ र फेटा गाउँपालिका वडा नं. ७ मा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ।

समाजमा बढ्दो मधुमेह तथा उच्च रक्तचापजस्ता नसर्ने रोगहरूको समयमै पहिचान, उचित व्यवस्थापन र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरबाट दुवै स्थानका गरी कुल १६२ जना स्थानीय बासिन्दाहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्।

प्रवीण डायबिटिज इन्स्टिच्युटका केन्द्रीय क्षेत्रीय परियोजना संयोजक डा. सिद्धार्थ साहको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोलीले सहभागीहरूको रक्तचाप र रगतमा चिनी (सुगर) को मात्रा परीक्षण गरेको थियो।

सो क्रममा अन्य सामान्य स्वास्थ्य समस्याहरूको समेत मूल्याङ्कन गरी बिरामीहरूलाई आवश्यक चिकित्सकीय परामर्श उपलब्ध गराइएको थियो। शिविरमा सहभागी नागरिकहरूलाई नसर्ने रोगबाट बच्न नियमित शारीरिक व्यायाम, सन्तुलित खानपान, तौल नियन्त्रण तथा धूम्रपान र मदिरापानबाट टाढा रहन सुझाव दिइएको छ।

यस्ता रोगहरूको बेलैमा पहिचान र उपचार गर्न सके भविष्यमा निम्तिन सक्ने गम्भीर स्वास्थ्य जटिलताहरूलाई न्यूनीकरण गर्न सकिने सन्देशसमेत शिविरमार्फत प्रवाह गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर