Wednesday, September 2, 2026

सवारी दुर्घटनामा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु

Advertisement
Advertisement Advertisement

सर्लाही, २० जेठ। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ५ फुलजोर चौकमा टिपरको ठक्करबाट घाइते भएका एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

सर्लाहीको लालबन्दीबाट पुर्वतर्फ जादै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाइवे तर्फ निस्कने क्रममा बिआर ०१ एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर पश्चात मोटरसाइकलमा सवार बाजुराको बडिमालिका नगरपालिका वडा नं ६ सि-००१५५५५० कम्प्युटर कोड नं ४८८२८४ सशस्त्र प्रहरी गण नं २ नक्साल दरबन्दीका सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत अन्दाजी ३० वर्षिय प्रहरी जवान मिन बहादुर दानीको टाउको, शरिरमा चोटपटक लागी गम्भीर घाइते भएका थिए।

घाइते दानीलाई उपचारको लागि नेशनल मेडिकल कलेज वीरगन्जमा पठाइएकोमा बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

मृतक दानी सर्लाहीको मलंगवा नगरपालिका वडा नं ३ बस्ने मुस्लिम आयोगका सदस्य मोहम्द सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएको भन्ने बुझिएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो।

घटना पश्चात दुबै सवारी साधन र टिपर चालक सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १७ रानिगंज बस्ने मेघ बहादुर श्रेष्ठको छोरा ३६ वर्षिय नारायण दत श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् भने घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर