Wednesday, September 9, 2026

कुशको शव बनाई अन्तिम संस्कार गरिएको त्यो दुःखद क्षण

Advertisement
Advertisement Advertisement

कलैया, २८ असार। आज असार २८ गते, नेपाली इतिहासमा असार २८ लाई कालो दिनको रुपमा चिनिन्छ।

गत वर्ष २०८१ साल असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नारायणगढ- मुग्लिन सडक खण्डको सिमलताल स्थित त्रिशुली नदीमा खसेको थियो।

बसमा सवार बाराको प्रसौनी गाउँपालिकाका २ दम्पती, विश्रामपुर गाउँपालिकाका एकजना, कलैया र जितपुर सिमरा उपमहानगरपालिकाका २ जना तथा देवताल गाउँपालिकाका एकजना गरी ६ जना सहित ६२ जना यात्रु बेपत्ता भएका थिए । यस्तै बसमै सवार ३ जना भने नदीको पानी तरेर आफ्नो ज्यान जोगाएका थिए।

दुई हप्ताको खोजीपछि सनाखत हुनेगरी १९ जना को शव मात्र फेला परेको थियो भने बस सहित ४३ जनाको अवस्था अझै अज्ञात छ। आज उक्त घटनाको एक वर्ष पुगेको छ। तर उनीहरूको अवस्था अझै अज्ञात छ। सरकारले उक्त घटनाको लागि छानबिन समिति पनि गठन गरेको थियो। मृतकहरुको संवेदनाको लागि सिमलतालमा नाम‌ लेखेर शालिक स्थापना गरिएको थियो।

कुशको शव बनाई अन्तिम संस्कार

घटना स्थलमा शव खोजी दिन आग्रह गरिरहेका धेरै आफन्तहरुले शव पाएका थिएनन् र आफ्नो धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने उनीहरुको ईच्छा पनि पुरा भएन। अन्ततः बाराको प्रसौनी गाउँपालिका वडा नं १ का दुई दम्पती तारा चन्द्र राउत, कुशुमी देवी पटेल, कलैया उपमहानगरपालिका वडा नं १४ की सृष्टी यादव लगायतका हरुको कुशको शव बनाई अन्तिम संस्कार गरिएको थियो।

तथापि केही दिन पश्चात सृष्टिको भने शव फेला परेको थियो। यस्तै विश्रामपुर गाउँपालिकाका परमानन्द पण्डितको पनि शव फेला परेको थियो भने बाराका ४ जनाको शव फेला परेन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर