कलैया, ०२ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर तोलाको १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बिहिबार सुन १ लाख ९२ हजार ३ सय रुपौयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार कारोबार दिन चाँदी २ हजार २ सय ६५ रुपैयाँ कायम भएको थियो ।