Thursday, September 10, 2026

समयमै वर्षा नहुँदा बारामा ७५ प्रतिशत मात्र रोपाइँ 

Advertisement
Advertisement Advertisement

कलैया, ०२ साउन। बारामा यस वर्ष साउन महिनाको पहिलो हप्ताकोको दोस्रो दिनसम्म ७५ प्रतिशत मात्र रोपाइँ सकेको छ। समयमै वर्षा नहुँदा साउन महिनामा प्रत्येक वर्ष ८५/९० प्रतिशत लगभग रोपाइँ सकिसक्दा यस वर्ष भने ७५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र कलैया बाराले जनाएको छ।

कृषि ज्ञान केन्द्रका सुचना अधिकारी गणेश महराले बारामा यस वर्ष कम रोपाइँ भएको बताए। उनले भने,”यस वर्ष वर्षा नहुँदा किसानहरू समयमै रोपाइँ गर्न सकेका छैनन्। आवश्यकता अनुसार वर्षा नहुँदा धेरै ठाउँहरुमा किसानहरु मोटर, दमकल र नहरको पानीले खेती गरिरहेका छन्।”

“रोपाइँ सकेको खेतहरू पनि सुख्खा परेको छ। धेरै ठाउँहरुमा पानीको अभावले धान सुक्न थालेको छ।” कलैया उपमहानगरपालिका वडा नं १० निलकण्ठवाका एकजना किसान अनिरुद्र प्रसाद कुशवाहाले दुखेसो पोखे।

बारामा प्रत्येक वर्ष अगहनी धानको खेती ४६ हजार २० हेक्टर क्षेत्रफलमा हुदाँ यस वर्ष भने अहिलेसम्म ३४ हजार ५ सय १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ जसको ७५ प्रतिशत हुने सुचना अधिकारी महराले बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर