Wednesday, July 22, 2026

देशभरमै सबैभन्दा कम धान रोपाइँ मधेसमा

कलैया, ०६ साउन। नेपालमा अरु सबै ठाउँमा वर्षा भएपनि सबैभन्दा बढी धान रोपाइँ हुने मधेस प्रदेशमा अपर्याप्त वर्षा भएकोले देशभरमै सबैभन्दा कम धान रोपाइँ मधेसमा भएको छ। यस्तै सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको।

मधेस प्रदेशमा अगहनी धान साउन ४ गतेसम्म ४६ दशमलव ८३ प्रतिशत मात्र रोपाइँ भएको छ। तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने यस प्रदेशमा अहिलेसम्म एकलाख ७४ हजार पाँच सय आठ दशमलव ४२ प्रतिशत मात्र रोपाइँ भएको। गत वर्ष भने साउन महिनाको ६ गतेसम्ममा यसै प्रदेशमा ८० दशमलव ६ प्रतिशत धान रोपाइँ भईसकेको थियो।

यस्तै सुदुरपश्चिम प्रदेशमा भने यस वर्ष पनि सबैभन्दा बढी धान रोपाइँ भएको छ। उक्त प्रदेशको एक लाख ७६ हजार एक सय ५१ हेक्टर क्षेत्रफल मध्ये एक लाख ७० हजार ८ सय ४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको जसको ९६ दशमलव ९९ प्रतिशत हुन आउँछ। उक्त प्रदेशको गत वर्षको साउन महिनाको ६ गतेसम्म पनि ९६ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो।

मधेस र लुम्बिनी पछि सबैभन्दा बढी धान रोपाइँ हुने कोशी प्रदेशको पनि ६१ दशमलव ७९ प्रतिशत मात्र धान रोपाइँ भएको छ। उक्त प्रदेशको दुई लाख ७६ हजार तीनसय ८६ दशमलव ७३ हेक्टर क्षेत्रफल मध्ये एक लाख ७० हजार सात सय ९० दशमलव ३७ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्षको साउन महिनाको पहिलो हप्तामा यस प्रदेशमा भने ८२ दशमलव ७ प्रतिशत धान रोपाइँ भएको थियो।

यस्तै मधेस पछि नेपालमै सबैभन्दा बढी धान रोपाइँ हुने लुम्बिनीमा पछिल्लो वर्षभन्दा यस वर्ष बढी धान रोपाइँ भएको छ। लुम्बिनीमा तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफल मध्ये दुई लाख ६६ हजार तीन सय ६९ हेक्टर क्षेत्रफलमा रोपाइँ भईसकेको छ जुन उक्त प्रदेशको कुल रोपाइँको ८७ दशमलव ९३ प्रतिशत हो। गत वर्ष भने साउन पहिलो हप्तासम्ममा उक्त प्रदेशमा ८३ दशमलव ४ प्रतिशत धान रोपाइँ भएको थियो।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशमा क्रमशः ८७ दशमलव १९ प्रतिशत, ७९ दशमलव २८ प्रतिशत र ८७ दशमलव ९३ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्षको साउन पहिलो सातामा यि प्रदेशहरूमा भने क्रमशः ८५ दशमलव ५ प्रतिशत, ८४ दशमलव ३ प्रतिशत र ९३ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर