Thursday, September 3, 2026

कानुनी समाज केन्द्रको आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न 

Advertisement
Advertisement Advertisement

विराटनगर, १६ साउन। कानुनी समाज केन्द्रको आयोजनामा तथा पुर्वान्चल विश्वविद्यालय कलेज अफ लको सहकार्यमा विराटनगरमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्वान्चल विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, विशिष्ट अतिथिको रूपमा पुर्वान्चल विश्वविद्यालय शिक्षा, कला तथा कानुन संकायका डिन प्रा.डा. राम प्र. ढकाल, क्याम्प प्रमुख महेश निरौला, अतिथिमा प्राध्यापक, कर्मचारी तथा विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

उक्त प्रतियोगितामा स्नातक अध्ययनरत प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षका ५/५ जना विद्यार्थी गरी २३ जनाको सहभागिता रहेको थियो भने प्रथम पुरस्कार निसु कार्की, दोस्रो भावना गुरुङ्ग र तेस्रो पुरुस्कार एल्जिना थापाले प्राप्त गरेका थिए।

कानुनी समाज केन्द्र त्यही संस्था हो जसले बाराको कलैया उपमहानगरपालिकाको विभिन्न विद्यालयहरुमा न्यायिक समितिको काम, कर्तव्य र भुमिकाको बारेमा जनचेतना जगाउने काम गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर