Sunday, August 16, 2026

बारामा बसको ठक्करबाट एकजनाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २४ साउन। बारामा बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं २४ सखुई स्थित पिलुवा–कलैया सडक खण्डमा पिलुवाबाट कलैयातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ४९५३ नं.को कार रोकिरहेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना ५६ प ६६९८ नं.को मोटरसाइकल कारमा ठोक्किएपछि अनियन्त्रित भएको थियो।

मोटरसाइकल अनियन्त्रित भई कलैयाबाट पिलुवा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३२९० नं.को बसको पछाडिको दाहिने चक्कामा परी दुर्घटना हुँदा मोटरसाइकल चालक, कलैया उपमहानगरपालिका वडा नं १६ बस्ने ५५ वर्षीय उद्दव प्रसाद यावको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

शव हाल घटनास्थलमै रहेको छ भने तीनै सवारी साधन पनि घटनास्थलमै छन्। कार र बसका चालक फरार भएका कारण प्रहरी चौकी जैतापुर, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चालकहरूलाई खोजतलास गरी नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर