29.2 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
29.2 C
Kalaiya
Tuesday, October 14, 2025

प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

spot_img
spot_img

कलैया, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको उद्‍घाटन गरेका छन । प्रदेश सरकारको करिब २३ करोड १० लाखको लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवन आज एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले उद्‍घाटन गरेका हुन। यसअघि आफ्नो भवन नभएकाले मधेस प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस नवनिर्मित भवन समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्‍याउने मधेश प्रदेश सरकार लगायत भवन निर्माण कार्यमा योगदान पुर्‍याउने महानुभावहरू प्रशंसाको पात्र भएको चर्चा गर्दै यस नवनिर्मित कार्यालयबाट आउँदा दिनमा सेवाग्राहीलाई प्रहरीले दिने सुविधा अझ छिटो, छरितो एवम् व्यवस्थित हुने विश्वास व्यक्त गरे।

Advertisement

उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गरे ।

Advertisement

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतिको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन उपस्थित प्रहरीलाई निर्देशन समेत दिएका छन । उनले राजस्व चुहावट एवम् तस्करी नियन्त्रणमा समेत अझ बढि सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर