Monday, October 5, 2026

विदेशमा रहेका युवाहरुद्वारा बसतपुरमा नगद रुपैयाँ सहित खाद्य सामग्री सहयोग 

Advertisement
Advertisement

कलैया, १० भदौ। बाराको कलैया उपमहानगरपालिका वडा नं २० बसतपुरमा एकजना असहाय परिवारलाई श्री रामजानकी समाज सेवा परिवारले नगद रुपैयाँ सहित खाद्य सामग्री सहयोग गरेको छ।

रोजगारीको क्रममा विदेशमा रहेका बसतपुरका युवाहरुले बनाएको उक्त समाज सेवा परिवारले विभिन्न समयमा गरिब तथा असहाय परिवारलाईलाई सहयोग गर्दै आईरहेकोमा आज पनि एकजना असहाय परिवारलाई परिवारले सहयोग गरेको हो।

परिवारले नशा सम्बन्धी समस्या भएका तथा पुरै शरीर फुल्ने र काप्ने समस्या भएका उमेश गिरीलाई ३ बोरा चामल, २ किलो दाल, २ लिटर खाने तेल, १ किलो मस्यौरा, २ किलो चाना, ३ किलो नुन, ५ किलो आलु, ५ किलो प्याज, पिठो (आटा) एक बोरा तरकारी हाल्ने सबै प्रकारका मसाला १/१ प्याकेट र नगद १६ हजार ८ सय ३५ रूपैयाँ सहयोग गरेको बसतपुरका एकजना युवा बिनय साहले जानकारी दिए।

कार्यक्रमको अध्यक्षता स्थानीय रमेश यादवले गरेका थिए भने उक्त कार्यक्रममा ओमप्रकाश साह, नरेश गिरी, प्रदिप भगत माली, सन्दिप साह, राजन गुप्ता लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन एवम् उद्घोषण खेदु पासवानले गरेका थिए।

श्री रामजानकी समाज सेवा परिवारको मुख्य उद्देश्य बिवाह, हावाहुरी, बाढी, पहिरो पिडित, गरिब तथा असहाय परिवारलाई सहयोग गर्नु रहेको परिवारका अध्यक्ष छठु पासवानले जानकारी दिए।

सहयोग गर्ने युवाहरु

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर