Sunday, July 19, 2026

माग पुरा नभए भदौ २५ गते देखि अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको निर्णय

कलैया, १४ भदौ। सरकारले पटक–पटक वाचा गरे पनि उपलब्ध गराउन बाँकी अनुदान रकम दिन बेवास्ता गरेपछि उखु किसानले थप आन्दोलन चर्काउने निर्णय गरेको छ। उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राजमार्ग अवरुद्ध गरी विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

महासंघको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारले किसानलाई दिनुपर्ने रकममा मनपरी कटौती गरेको, विगतमा वाचा गरेको अनुदान रकम समेत उपलब्ध नगराएको र बजेटमा विनियोजित रकमसमेत कटाइँदा किसान निराश भएको उल्लेख छ।

आन्दोलनको क्रममा १३ जिल्लाका किसान भदौ ८ गते देखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका थिए। तर, पटक–पटक कृषि मन्त्रालयसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि किसान फेरि आन्दोलनमा जान बाध्य भएको महासंघले जनाएको छ। महासंघले अनुदान रकम तत्काल उपलब्ध गराउन, बजेटमा विनियोजित रकम कटौती नगर्न, उखुको मूल्य तोक्दा किसानको सहभागिता सुनिश्चित गर्ने माग गरेको छ।

महासंघले आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले लिनुपर्ने विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर