Thursday, September 10, 2026

शिक्षा विधेयक र शिक्षक आन्दोलन : परिवर्तनको आवाज

Advertisement
Advertisement Advertisement

नेपालको शैक्षिक क्षेत्रमा हालै एउटा ऐतिहासिक घटनाक्रम देखा पर्‍यो। सरकारद्वारा प्रस्तुत शिक्षा विधेयक को विरोधमा देशभरका शिक्षकहरू सडकमा उत्रिए। शिक्षकहरूको माग सरल तर गम्भीर थियो।रोजगारीको सुनिश्चितता, समान सुविधा, पारदर्शी र लोक–स्तरको भर्ती प्रक्रिया। यी माग केवल शिक्षक वर्गका हितका लागि मात्र नभई शिक्षा प्रणालीलाई व्यवस्थित र न्यायपूर्ण बनाउन जरुरी मानिन्छ।

करिब एक महिनासम्म चलेको यस आन्दोलनले विद्यालय, विद्यार्थी र अभिभावक सबैलाई प्रभावित गर्‍यो। यसबीच परीक्षा स्थगित गर्नुपर्ने अवस्था आयो, जसले सरकारलाई थप दबाबमा पार्‍यो। अन्ततः सरकार र शिक्षक महासंघबीच ९–बुँदे सम्झौता हुँदै आन्दोलनको समाधान खोजियो।

 

यो घटनाक्रमले दुईवटा ठूला सन्देश दिएको छः-

१. शिक्षक वर्ग अब मौन छैन। उहाँहरूले आफ्नो अधिकार र भविष्य सुरक्षित गर्न दृढतापूर्वक आवाज उठाउने क्षमता देखाउनु भएको छन्।
२. सरकारलाई शिक्षा क्षेत्रमा सुधार नगरी बस्न नसक्ने अवस्था आएको छ।

शिक्षा भनेको राष्ट्रको मेरुदण्ड हो। शिक्षकहरूको माग पूरा गर्नु केवल एक पेशागत लाभ होइन, यो त नेपालको भविष्यलाई सुरक्षित गर्ने काम हो। विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सक्षम र प्रेरित शिक्षक आवश्यक हुन्छन्।

लेखक : सुनिल प्रसाद कुशवाहा / समाजिक अभियान्ता

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर