Sunday, July 19, 2026

खानेपानी मन्त्री यादवलाई फोनमा धाकधम्की दिने बारा घर भएकी टिकटकर शाह प्रहरी नियन्त्रणमा

कलैया, १४ भदौ। खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमा धाकधम्की दिने र चर्को स्वरमा कुराकानी गर्ने बारा घर भएकी टिकटकर किरण शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्जमा फैलिएको हैजाको सङ्क्रमणबाट आफ्नो परिवार आइसियुमा रहेको र खानेपानीको कारणले हैजाको सङ्क्रमण भएको भन्दै फोनमा धाकधम्की दिने बाराको कलैया उपमहानगरपालिका वडा नं २६ सिसुवा महेशपुर घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं १३ मुर्ली बस्दै आएकी किरण शाहलाई पर्सा प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

सामाजिक संजालमा मन्त्री यादव र टिकटकर शाहको कुराकानीको भिडियो भाइरल भएपछि मन्त्रीको सचिवालयले दिएको जाहेरीको आधारमा शाहलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

कुराकानीमा शाहले “अपने फोन काहे नैखी उठावत?” भन्दा मन्त्री यादवले “के बोलतानी?” सोधेका थिए। त्यसपछि शाहले “अपने प्रदिप जी बोलतानी नु?” प्रश्न गरेकी थिइन् त्यसपछि मान्त्री यादवले “केकरा के खोजतानी? भनेका थिए। त्यसपछि शाहले प्रदिप जीलाई खोजीरहेको जवाफ दिएकी थिइन्। फेरी मन्त्री यादवले “कौन प्रदिप ” भनेर सोध्दा शाहले “खानेपानी मन्त्री प्रदिप यादव” भनेकी थिइन्।

त्यसपछि यादवले फेरि को बोल्दै हुनुहुन्छ तपाईं भनेर प्रश्न गर्दा शाहले म किरण बोल्दै छु। तपाईं प्रदिप यादव नै बोल्दै हुनुहुन्छ नि? भनेर सोध्दा यादवले “हो” भनेका थिए। त्यसपछि आक्रोशित हुँदै शाहले मैले धेरै पटक फोन गर्दा तपाईंले किन नउठाउनु भएको हो मेरो कल भनेकी थिइन्। त्यसपछि यादवले आफु मिटिङमा रहेको बताएका थिए।

त्यसपछि झन् आक्रोशित हुँदै शाहले मिटिङमा हुनुहुन्छ भने यो कस्तो मिटिङ चल्दै छ? वीरगन्जमा कतिजना मर्यो? के हुँदैछ वीरगन्जमा? तपाईं मन्त्री हुनुहुन्छ नि खानेपानी को? खानेपानीको तपाईं मन्त्री हुनुहुन्छ नि? त्यसपछि यादवले फेरि को बोल्दै हुनुहुन्छ भनेर सोधेका थिए।

त्यसपछि आक्रोशित शाहले चर्को स्वरमा “किररण, सुन्नुभयो” भनेकी थिइन्। फेरी वीरगन्जमा कति जना मर्यो भनेर शाहले भन्दा मन्त्री यादवले तपाईं संग डाटा छ के? भनेर सोधेका थिए।

त्यसपछि शाहले रिसाउँदै ‘डाटा होईन, मेरो आफ्नो घरको मान्छे १० दिनदेखि आइसियुमा भर्ती रहेको छ।मन्त्री जी तपाईँलाई छोड्दिनँ। डर लाग्दैन? मन्त्री हुनुहुन्छ भने जेसुकै गर्नुहुन्छ? यि जस्तै लगभग साढे दुई मिनेट चर्काचर्की भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर