Wednesday, June 3, 2026

बुवाको ठाउँमा मास्टर डिग्रीको परीक्षा दिने छोरा पक्राउ

spot_img

वीरगन्ज, २२ भदौँ। पर्साको वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैया बस्ने कांग्रेसका नेता मोहम्मद शहाबुद्दीनका छोरा २५ वर्षिय मोहम्मद अफताब रहेका छन् ।

अफताबले मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तह ( मास्टर डिग्री‌ ) को तेस्रो सेमेस्टरको परीक्षामा आफ्नो बुवा शहाबुद्दीनको सिम्बोल नम्बर १५२७०२३ को प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर नक्कली परीक्षार्थी बनी ठाकुरराम क्याम्पसमा परीक्षा दिइरहेका थिए।विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका शहाबुद्दीनका छोरा अफताबलाई पक्राउ गरेको हो।

नक्कली परीक्षार्थी अफताबलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको छ क्याम्पस प्रमुख मोहन यादवले जानकारी दिनुभयो। पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७०(क) अनुसार कारबाही हुने प्रमुख यादवले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० (क) का अनुसार आफुले सम्मिलित हुनुपर्ने परीक्षामा अरुलाई सहभागी गराएको प्रमाणित भएमा परीक्षा समितिले बढीमा ४ वर्षसम्म निस्कासन गर्ने निर्णयका साथै फौजदारी अभियोगमा कारवाही चलाउन स्थानीय प्रशासनलाई जिम्मा लगाइने र विश्वविद्यालयको कुनै पनि परीक्षामा ४ वर्षसम्म सम्मिलित हुनबाट बञ्चित गर्न सकिने नियम छ।

शहाबुद्दीनको विवादित पृष्ठभूमि

आफ्नो ठाउँमा छोराबाट परीक्षा दिन लगाएका मोहम्मद शहाबुद्दीन यसअघि पनि विवादमा पर्दै आईरहेका छन्। इस्लाम धर्मावलम्बीहरूको महान पर्व मोहर्रम (दाहा)को बेला जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिबन्ध लगाएको क्षेत्रमा ड्राइभरलाई उक्साएर प्रहरीलाई गाडी हुर्काएर निषेधित क्षेत्रमा जुलुस निकालेका थिए। यस्तै उनले एकजना स्थानीयसँगको कुराकानीमा सिडिओ (जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल) र एसपी (जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्र) लाई ५०/५० जुत्ता हान्छु भन्ने अभिव्यक्ति पनि दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर