कलैया, २६ असोज। नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि शनिबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला दुई लाख ३५ हजारमा कारोबार भएको सुनको शनिबार ३ हजारले बढेर दुई लाख ३८ हजार कायम भएको थियो ।
आज चाँदी पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । शनिबार चाँदी प्रतितोला तीन हजार १ सय २५ रुपैयाँ कायम भएको थियो ।