Thursday, June 4, 2026

सुनको मूल्य ४ सयले बढेर हालसम्मकै उच्च

spot_img

कलैया , २९ असोज। नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला ४ सयले बढेर दुई लाख ४८ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि हिजो मङ्गलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य आज घटेको छ। आज चाँदीको मुल्य प्रतितोला ८५ रुपैयाँले घटेर ३ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि मङ्गलबार चाँदी प्रतितोला ३ हजार ३ सय २५ मा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर