Friday, June 5, 2026

बाराको प्रसौनीमा खैरो हेरोइनसहित एक जना पक्राउ

spot_img

कलैया,३० असोज । बारा प्रहरीले प्रतिबन्धित लागूपदार्थ खैरो हेरोइनसहित एक जनालाई बिहीबार नियन्त्रणमा लिएको छ।प्रसौनी गाउँपालिका–३ नौतनबाट सो व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा वीरगन्जबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका व्यक्तिलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्न खोज्दा ती व्यक्ति भाग्ने प्रयास गरेपछि लखेटी नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउती निवासी ४२ वर्षीय रामाशंकर दास रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । दासको पाइन्टको बाँया गोजी खानतलासी गर्दा कागजमा बेरिएको खैरो हेरोइन जस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम फेला परेको उनले जानकारी दिए ।

उनका अनुसार उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर