24.4 C
Kalaiya

Friday, October 17, 2025
spot_img
24.4 C
Kalaiya
Friday, October 17, 2025

पर्सामा बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

कलैया,३१ असोज । पर्सा प्रहरीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ निवासी अन्दाजी ३२ वर्षीय अनिल कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विशेष सूचनाको आधारमा पर्साबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

पर्सा जिल्ला अदालतबाट २०८१ भदौ २४ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुई मुद्दाहरूमा एक करोड ९२ लाख ४० हजार रुपैयाँ समेत जरिवाना तोकिएका फरार प्रतिवादी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनलाई वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थितबाट शुक्रबार पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनलाई पक्राउ गरी आजै सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर