Thursday, July 23, 2026

बारामा बहुला कुकुरको टोकाइबाट ५२ जना घाइते

कलैया, ४ कात्तिक । बाराको विभिन्न स्थानहरुमा एक बहुला कुकुरले टोक्दा ५२ जना घाइते भएका छन् ।

बहुला कुकुरको टोकाइबाट घाइते भएका व्यक्तिको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ।  ती मध्ये केहिलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ ।

​बहुला कुकुर नियन्त्रण बाहिर रहेको छ। बसतपुर, घोगलरिया, कलैया, बरेवा टोल, सिसहनिया लगायतको स्थानहरुबाट टोक्दै आएको हो ।​

​घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। कुकुर दक्षिण तर्फ लागेका छ।  सो क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रहरी कार्यालय बाराले आग्रह गरेको छ ।

उक्त कुकुरको खोजतलास गर्न प्रहरी टोलि खटेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर