Sunday, September 27, 2026

जितपुरसिमराको लामीडाँडा सडकमा कालोपत्रे कार्य सुरु, २२०० घरधुरी लाभान्वित हुने

Advertisement
Advertisement

जीतपुर, ८ कात्तिक । बाराको  जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र १८ जोड्ने लामीडाँडा सडकको कालोपत्रे कार्य धमाधम भईरहेको छ। स्थानीय बासिन्दाहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको यो सडक कालोपत्रे भएपछि आवतजावत सहज हुने, यातायात व्यवस्था द्रुत, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।

उक्त योजनाको लागत अनुमान ३ करोड १९ लाख रुपैयाँ रहेको छ भने सम्झौता रकम १ करोड ४८ लाख रुपैयाँ तय गरिएको छ। उक्त कामको म्याद २०८२ साल कार्तिक मसान्तसम्म तोकिएको उपमहानगरपालिकाले जनाएको छ। सडक सुधारले व्यापार, शिक्षा, स्वास्थ्य सेवा लगायतका सामाजिक–आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

साथै, पिलुवा–कलैया सडकसँगको मुख्य जडानका रूपमा यो सडक प्रयोग हुने भएकाले करिब २२०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको पुर्बधार बिकाश महाशाखाका प्रमुख ईन्जिनीयर अभयकान्त झाले जानकारी दिनुभयो ।

स्थानीयवासीले लामो समयदेखि पर्खाइमा रहेको सडक कालोपत्रे कार्य सुरु भएपछि खुशी व्यक्त गरेका छन्। यस परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, रोजगारीका अवसर बढाउने र क्षेत्रको समग्र विकासमा टेवा पु¥याउने अपेक्षा उपमहानगरपालिकाको रहेकोे छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर