कलैया, ९ कात्तिक। नेपाली बजारमा आज सुनको मुल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घटेको छ। आज आइतबार सुनको मुल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि कात्तिक ३ गते सुनको मुल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । तिहारपछि पहिलो पटक आज आइतबार सुनको मूल्य निर्धारण भएको हो ।
त्यस्तै चाँदीको मुल्य भने घटेको छ। आज आइतबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

















