Sunday, September 27, 2026

नख्खु कारागारबाट फरार कैदी पर्सामा पक्राउ

Advertisement
Advertisement

 कलैया,१३ भदौ  । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट लागु औषध मुद्दाका फरार कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको वीरगञ्ज महागरपालिका वडा नं.१० रानीघाट बस्ने ३९ वर्षिय लालबाबु साहलाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र रू.एक लाख पाँच हजार रुपैयाँ तोकिएका कसूरदार भदौ २४ गते आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार भएका थिए। आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको भन्ने सूचना अनुसार निजकै घरबाट पक्राउ गरी मंगलबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ सम्बन्धित कारागार कार्यालयमा पठाइने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर