Friday, June 5, 2026

फौजदारी अपराधमा प्रहरी नै अनुसन्धान गर्छ : जाँचबुझ आयोग अध्यक्ष कार्की

spot_img

कलैया,१३ कार्तिक । भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले आन्दोलनको क्रममा भएका फौजदारी अपराध सम्बन्धी नेपाल प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन ।

जेनजी प्रदर्शनका क्रमम भएको क्षतिबारे जाँचबुझ गर्न बुधबार बारा आएका अध्यक्ष कार्कीले यस्तो बताएका छन । जिल्ला प्रशासन कार्यालय बारामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले आन्दोलनका क्रममा व्यक्तिको घर तथा सार्वजनिक सम्पतिका तोडफोड आगजनी गर्ने विरुद्ध प्रमाणका आधारण प्रहरीलार्ई उजुरी गर्न सकिने बताए । उनले फौजदारी कसुरमाथि अनुसन्धान गर्न र कारवाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन।

उनले आयोगमा परेको उजुरीका अधारमा अनुसन्धान गर्ने बताउदै आयोग आफैले कारवाही गर्न नमिल्ने जनाएका छन । अन्दोलनका क्रममा भएका गम्भिर प्रकृतिका घटना, संलग्नहरुलाई कारवाही गर्नुपर्ने वा नपर्ने बारे सरकारलाई प्रतिवेदन दिने जानकारी गराए ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्राईको अध्यक्षतामा भएको उक्त छलफलमा बाराका निवर्तमान संघिय सांसदहरु किसान श्रेष्ठ, ज्वालाकुमारी साह,अच्युत मैनाली,प्रदेश सांसद समिर महमदले घटनावारे आयोगका अध्यक्ष कार्कीलाई ध्यानाकरण गराएका छन ।

यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बारागढीका अध्यक्ष अकोश जयसवाल लगायतकाले जेन्जी आन्दोलनका नाउमा व्यक्तिगत तथा राजनीतिक प्रतिसोधका कारण घर तथा कार्यालयमा तोडफोड र आगजनी भएको बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर