20.7 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
20.7 C
Kalaiya
Thursday, October 30, 2025

पर्सामा कर्तव्य ज्यान मुद्दामा फरार एक युवक पक्राउ

spot_img
spot_img

कलैया,१३ कार्तिक । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आज पक्राउ गरेको छ ।

Advertisement

प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित साहजिम मियाँ अन्सारीको घर ठेगानाबाट नियन्त्रणमा लिइएको छ ।

Advertisement

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने २५ वर्षीय साहजिम मियाँ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिएका छन्।

Advertisement

मियाँमाथि पर्सा जिल्ला अदालतले ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान) मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ कैद तथा जरिवानाको आदेश गरेकोमा उनी फरार रहेका थिए। उनलाई आफ्नै घरमा लुकिछिपि बसेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।

२०७८।०१।०३ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित बस्ने वर्ष २२ की रबिना खातुनलाई दाईजोको बिषयलाई लिएर मानसिक यातना तथा कुटपिट तथा कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोग उनीमाथि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!