Friday, June 5, 2026

आपराधिक उपद्रव मुद्दामा सामाजिक अभियन्ता प्रदीप कुशवाह पक्राउ

spot_img

कलैया,१४ कात्तिक । बारा प्रहरीले आपराधिक उपद्रव मुद्दामा सामाजिक अभियन्ता प्रदीप कुशवाहलाई पक्राउ गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अभियानता प्रदीप कुशवाहालाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई ‘वार्ताका नाममा’ बोलाएर पक्राउ गरेको एक स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गाउँपालिकामा भएको तोडफोड र तालाबन्दी घटनाको विषयमा छानबिनका लागि कुशवाहालाई नियन्त्रणमा लिइएको हो ।

उनलाई आपराधिक उपद्रव मुद्दामा पक्राउ गरिएको प्रवक्ता पण्डितले पुष्टि गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर