Sunday, September 27, 2026

गोल्डेन हत्या प्रकरण : ‘वाट्सएप खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि जेल चलान

Advertisement
Advertisement

कलैया,१५ कात्तिक  । गोल्डेन भन्ने शिवम साह कानुकोे हत्यामा संलग्न रहेका चार जनालाई पर्सा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान गरिएको छ। भने दुई जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर वस्नेतले एक प्रेस विज्ञप्ति जारी गरी वाटसएप खुनी दरिन्दे समूहको सदस्यहरु पुर्पक्षको लागि जेल चलान भएको  जानकारी दिएका हुन्।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,सोही ठाउँका २० वर्षीय सुभांकर चौरसिया, सोही ठाउँका २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेललाई पुर्पक्षको लागि जेल चलान भएका हुन्।  भने नामथर वतन परिवर्तित एक किशोरलाई वीरगञ्जस्थित बाल सुधार गृह चलान गरिएको छ ।

त्यस्तै घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवाले अदालतले तोकेको दुई/दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने मन्टु पटेलले ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

२०८२ असोज १४ गते पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० गिता मन्दिर सडक छेउमा लागेको गहवामाईको मेलामा हत्या भएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी हत्या गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर