Sunday, September 27, 2026

जीतपुरसिमरा – २१ वडाले वस्ती र राजमार्ग छेउमा पेट्रोल ट्याङ्कर पार्किङमा लगायो प्रतिबन्ध

Advertisement
Advertisement

जीतपुर,१७ कात्तिक  । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ को वडा कार्यालयले वस्ती र राजमार्ग आसपासमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर पार्किङ गर्न प्रतिबन्ध लगाएको छ। वडा कार्यालयमा आईतबार भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय गरिएको हो ।

नेपाल आयल निगम, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याङ्कर ढुवानी व्यवसायी संघ, यातायात चालक संघ तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकले जनसुरक्षा र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै वस्ती नजिक पेट्रोल ट्याङ्कर राख्न नपाइने निष्कर्ष निकालेको हो ।

वडा नं. २१ का वडाध्यक्ष सुबाश श्रेष्ठका अनुसार पछिल्ला दिनमा वस्ती नजिकै ट्याङ्करहरू लामबद्ध हुने, इन्धन चुहावट र आगलागीको सम्भावना बढ्ने देखिएपछि कडाइ गर्ने निर्णय लिइएको हो। निर्णय अनुसार अब कुनै पनि ट्याङ्कर वस्ती वरिपरि वा राजमार्गको दायाँ–बायाँ पार्क गर्न नपाईने जनाईएको छ ।

बस्तीभन्दा बाहिर पार्किङ्ग गर्ने निर्णय भएको उनले बताए ।“यो नियम सबैका सुरक्षाका लागि हो,” वडाध्यक्षले भने, “निर्णय उल्लङ्घन गर्ने कुनैपनि चालक वा ठेकदारलाई कानुन बमोजिम कारबाही गरिनेछ।” यसैबीच, ट्याङ्कर व्यवसायीहरूले भने तत्काल वैकल्पिक पार्किङ स्थानको अभावका कारण समस्या हुने बताएका छन्।

एक व्यवसायीले भने,“हामी पनि नियम पालना गर्न चाहन्छौं, तर सुरक्षित र उपयुक्त ठाउँ उपलब्ध गराउनुपर्छ। अहिले न वस्तीमा राख्न पाइन्छ, न राजमार्ग छेउमा, त्यसैले वैकल्पिक स्थान नतोकिँदा गाडी रोक्ने ठेगानै छैन।”नेपाल आयल निगम अमलेखगंजका स्थानीय प्रतिनिधिले भने निगम पनि सुरक्षित पार्किङ व्यवस्थापनमा वडा कार्यालयसँग सहकार्य गर्न तयार रहेको जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर