Friday, June 5, 2026

जितपुरसिमरा उपमहानगरले दियो सुस्त ठेकेदारहरूलाई सात दिनको अल्टिमेटम

spot_img

बारा,२० कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले तोकिएको समयमा काम सुरु नगर्ने निर्माण कम्पनीहरूलाई सात दिनभित्र काम सुरु गर्न अल्टिमेटम दिएको छ। सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका पेश गरी तत्काल काम प्रारम्भ गर्न निर्देशन दिएको हो।

निर्माण कार्यमा देखिएको ढिलासुस्ती र लापरवाहीले विकासका योजनामा प्रतिकूल असर पर्न थालेको उपमहानगरपालिकाले जनाएको छ। समयमै काम प्रारम्भ नगर्ने कम्पनीहरूमाथि अब प्रचलित सार्वजनिक खरीद ऐन र नियमावलीअनुसार कारबाही अघि बढाइने चेतावनी उपमहानगरपालिकाको पुर्बधार बिकाश महाशाखा प्रमुख ईन्जिनीयर अभयकान्त झाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका अनुसार वडा नं. १९ मा वडा कार्यालय भवन निर्माण, वडा नं. १६ सखुवाघाटमा विद्यालय भवन (ट्रस निर्माण) र वडा नं. ४ मा सामुदायिक भवन अगाडिको कल्भर्ट तथा बाटो निर्माणजस्ता योजनाहरूमा काम ढिलो भइरहेको छ। यी योजनाहरूमध्ये वडा भवन निर्माण र ट्रस निर्माण कार्य साम्राट निर्माण सेवा, बाराले र एस एण्ड बी कन्स्ट्रक्सन, पर्साले कल्भर्ट तथा बाटो निर्माणको ठेक्का पाएका छन् ।

विकास निर्माणमा पारदर्शिता, समयपालना र गुणस्तरीयता सुनिश्चित गर्न सबै सरोकारवालाको सहयोग अपेक्षा गर्दै भविष्यमा यस्ता लापरवाही नदोहर्याउन ठेकेदार कम्पनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न नगर प्रमुख राजन पौडेलले आग्रह गरेका छन् ।

यसभन्दा अगाडि पनि जीतपुरसिमरा उपमहानगरपालिकाले एन.के.कन्स्ट्रक्स प्रा.लि, पर्सा ,, डि.एण्ड डि.कन्स्ट्रक्सन बारा ,धिरज निर्माण सेवा, रौतहट ,श्री बजरङ्ग कन्स्ट्रक्स, जसौली निर्माण सेवा, पर्सा, मकवानपुर कन्स्ट्रक्सन प्रा.लि. र जय शम्भु भोलेनाथ कन्स्ट्रक्सन, मकवानपुर गरी साँत वटा कम्पणीहरुलाई साँत दिने अल्टिमेटम दिईसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर