कलैया, २३ कात्तिक। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
सुन प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस अघि शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँ कायम भएको थियो ।
















