21.5 C
Kalaiya

Monday, November 10, 2025
spot_img
21.5 C
Kalaiya
Monday, November 10, 2025

बारामा मतदाता नामावलीमा नामदर्ता गर्नेहरुको भिड् बढदै

spot_img
spot_img

कलैया,२४ कार्तिक । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि देशभर मतदाता नामावली संकलन कार्य भईरहेको छ ।

Advertisement

झण्डै डेढ महिनादेखी शुरु भएको नामावली संकलनको कार्य अव केही बाँकी हुदा बारामा नामदर्ताका लागि आउनेहरुको भिड् बढ्न थोलेको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि कलैयास्थित जिल्ला निर्वाचन कार्यालयमा दैनिक भिड् बढ्न थालेको हो ।

Advertisement

जिल्लाभर नामावली संकलन कार्य निर्वाचन कार्यालयमा मात्रै भएकाले पनि मानिसहरुरको चाप बढि भएको सेवाग्रीहरुले बताएका छन । नामावली संकलनको कार्य अन्तिम हुदै जादा कार्यालयमा दर्ताका लागि आउनेहरुको चाप बढेको छ ।

Advertisement

कार्यालयमा दैनिक पाँच सय भन्दा बढी जना मतदाता नामावलीमा नामदर्ता गराउने काम भईरहेको कार्यालय प्रमुख नविन चौधरीले बताएका छन् । निर्वाचन कार्यालय मार्फत मतदाता नामावली दर्ता तथा अध्यावधी गर्ने कार्य भईरहेको समेत प्रमुख चौधरीले जानकारी गराएका छन । बारा जिल्लामा निकै नै उत्सवजनक अवस्थामा भिडभाड देखिएको प्रमुख चौधरीले बताए ।

उनका अनुसार दुई वटा स्टेशनबाट महिला र पुरुषको लाईन छुट्टाछुट्टै बनाई बिहान ८ बजेदेखि राती ७ बजेसम्म लाईनमा बसेका सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेका छौँ ।अशक्त,गर्भवती र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्दै छौं, उनले भने ।

निर्वाचन आयोग नेपालसंग समन्वय गरि थप जनशक्तिको माग गरेका छौँ, उनले भने । कात्तिक २९ गते राती १ बजे सम्म पनि काम गर्ने प्रमुख चौधरीले बताएका छन् । आयोगको जारी गरेको परिपत्र अनुसार फागुन २० गतेसम्म पनि १६ देखि १८ वर्ष मुनि सम्मकाले मतदाता नामावलीमा दर्ता गर्ने सक्ने तर मतदाता नामावलीमा भोटर लिस्टमा नाम नआउने उनले बताए । तर १८ वर्ष भन्दा माथीका मददाताले निर्वाचनमा सहभागी हुन सक्ने बताएका छन् ।

निर्वाचन आयोग नेपालले असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्यमा जिल्ला निर्वाचन कार्यालय बारामा कात्तिक २३ गते आइतबारसम्म ५ हजार १ सय ३८ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सुरू गरेको मतदाता नामावली संकलन कार्यमा बारामा डेढ महिनाको अवधीमा पुरुष ३ हजार २ सय ४२ र महिला १ हजार ८ सय ९६ जना गरि कुल ५ हजार १ सय ३८ जना नयाँ मतदाता थपिएका प्रमुख चौधरीले जानकारी दिएका छन् ।

यता निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यको लागि अन्तिम समयावधि कार्तिक ३० गते (कार्तिक मसान्तसम्म) तोकेको छ । मतदाता नामावली दर्ता गर्न अब करिब ६ दिन मात्र बाकी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर