Friday, June 5, 2026

वीरगञ्जमा भेटिएको सुटकेसमा बम नभएको पुष्टि

spot_img

पर्सा, २६ कात्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–२ छप्कैयास्थित बिरयानी हाउस अगाडि बेवारिसे अवस्थामा फेला परेको सुटकेशमा बम नभएको पुष्टि भएको छ।

आज साँझ फेला परेको खैरो रङको सुटकेशबारे सूचना पाएपछि प्रहरी बिट छप्कैयाबाट प्रहरी हवल्दार रञ्जन राज पाण्डेको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। सुटकेश शंकास्पद देखिएपछि क्षेत्रलाई तत्काल घेराबन्दी गरिएको पर्सा प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा थप टोली पठाइएको थियो। साथै, श्री जनगण वीरगञ्जबाट नेपाली सेनाको सात जनाको बम डिस्पोजल टोली बोलाई सुटकेश सुरक्षित रूपमा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार बम डिस्पोजल टोलीद्वारा गरिएको परीक्षणमा कुनै पनि प्रकारको विस्फोटक पदार्थ नपाइएपछि तत्काल कुनै जोखिम नभएको पुष्टि भएको हो। उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर